सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि आघात पुगेको नेता शंकर पोखरेलको भनाइ
सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि आघात पुगेको नेता शंकर पोखरेलको भनाइ
२८ असार, काठमाडौं– सर्वोच्च अदालतले आदेशको कारण संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको नेकपा एमालेका नेता शंकर पोखरेलले बताएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले संसद पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलीसम्ममा प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनले यसो बताएका हुन् ।
नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्ने भयो ।’
सर्वोच्चले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE