अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना : चालकको मृत्यु
२७ जेठ, काठमाडौँ – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो।
दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीयले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE