Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पूर्वमन्त्री शर्मालाई मातृशोक

चैत्र ९
काठमाडौँ-प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास दाङको घोराही –१८, मसिनामा निधन भएको हो ।

उहाँका श्रीमान्, चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE