प्रतियोगिताका लागि इंग्ल्याण्ड जान सन्दीपलाई भिसाको समस्या
प्रतियोगिताका लागि इंग्ल्याण्ड जान सन्दीपलाई भिसाको समस्या
५ साउन, काठमाडौं– भिसामा समस्या आएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन् ।
सन्दीपले इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका सुरुवाती खेल गुमाउने भएका हुन् ।
सन्दीप इंग्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा ओभल इन्भिन्सिबल क्लबमा आबद्ध छन् ।
सन्दिपको भिसामा आएको समस्याका कारण उनले हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ । सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ ।
उक्त प्रतियोगिता १०० बलको हुने गरेको छ । यसअघि पनि भिसाकै कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE