Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

निराज अधिकारीको नेतृत्वमा मन्थली क्याम्पसमा अखिल क्रान्तिकारीको समिती गठन

२८ भदौ, रामेछाप – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संस्था अखिल (क्रान्तिकारी) रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा समिति गठन गरेको छ । आइतबार अगुवा विद्यार्थी भेला गर्दै निराज अधिकारी नेतृत्वको अध्यक्षतामा ३५ सदस्य समिति गठन गरेको हो ।  जसमा उपाध्यक्षमा जिवन श्रेष्ठ, मनिता राणा मगर र विपना बोहरा चयन भएका छन् ।

त्यस्तै सचिव रचना गिरी, सह सचिवमा राज श्रेष्ठ, किरण खड्का, र निशा गिरी चयन भएका छन् ,कोषाध्यक्षमा सञ्जिव शेष्ठ सहित ३५ सदस्यीय समिति विस्तार गरेको हो  । संगठन विस्तारलाई प्राथामिकता दिएको संगठनले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज समेत रहेका भिष्मराज चौलागाईले बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला सचिवालय सदस्य उद्वव रम्तेल, नेकपा (माओवादी केन्द्र) मन्थली नगरपालिकाका अध्यक्ष दिपक प्रसाई, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला सह–ईन्चार्ज श्याम कुमार श्रेष्ठ, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला संयोजक केशव बस्नेत,अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला सदस्यहरु सफल दाहाल,उकास लामा, प्रकाश गौतम लगायतको उपस्थितिमा समिति गठन गरेको अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला सदस्य  प्रज्जवल श्रेष्ठले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE