Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

माधवको ‘छलाङकारी यात्रा’मा अवरोध नगरौंः बाँस्कोटा

२५ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव नेपालको आगामी यात्रालाई अवरोध गर्न नहुने तर्क गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेको माधव नेपाल समूहका सांसदले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि उहाँले यस्तो तर्क गर्नुभएको हो  ।

मंगलबार अपरान्ह सामाजिक सञ्जालमा आक्रोश पोखर्दै उहाँले नेपाल समूहलाई खरानी समूहको संज्ञा दिनुभएको छ । ‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बाँस्कोटाले आक्रोश र व्यङ्ग पोख्दै लेख्नुभएको छ ।

उहाँले अगाडि थप्नुभएको छ, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना!!’

WRITE COMMENTS FOR THIS ARTICLE