Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मुकेश चौरसिया हत्या प्रकरण : फरार आरोपी तिवारी पक्राउ, पूर्वसभासद गुप्तासहित ९ जना अझै फरार

१७ कार्तिक
पर्सा
– नेकपा बिन्दवासनी गाँउ कमिटीको सचिव मुकेश चौरसियाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति विन्दवासीनी गा।पा।वडा नं।४ मधवल बस्ने हरिकिशोर तिवारीको छोरा बर्ष ३२को उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेको हो ।

गत कार्तिक ६ गते जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं।५ प्रसौनी गाँउ स्थित सेलर मिलको भवनमा नेपाल कम्युनिष्ट पार्टीको विन्दवासीनी गाँउपालिका कमिटिद्वारा पार्टी प्रवेश गरेको व्यक्तिहरुलाई सपथ ग्रहण गराउने क्रममा कार्यक्रम स्थल बाहिर ने।क।पा।का दुई पक्षविच वाद(विवाद झै(झगडाको क्रममा वाँस तथा वाँसको भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा जि।पर्सा विन्दवासिनी गा।पा।वडा नं।५ बस्ने बर्ष ३४ को मुकेश चौरसिया घाइते भइ उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

उक्त घट्नामा सलंग्न रहेका घाइते भई एनएमसी अस्पतालमा उपचारार्थ अवस्थमै कार्तिक ६ गते नै जिल्ला पर्सा विन्दवासीनी गा।पा।वडा नं।४ मधवल बस्ने हरिकिशोर तिवारीको छोरा बर्ष ३२को उत्तम भन्ने निरंजन तिवारी भागी फरार भई लुकिछिपी बसिरहेको अवस्थामा रहेका थिए ।

प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा मिति कार्तिक १६ गते उत्तम तिवारी भन्ने निरंजन तिवारीलाई जिल्ला पर्सा बीरगंज म।न।पा।वडा नं।१६ स्थित इनर्वागाँउबाट फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE