पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने २८ सय ९ सवारीसाधन नियन्त्रणमा
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने २८ सय ९ सवारीसाधन नियन्त्रणमा
२१ जेठ, काठमाडौं– विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
यस्तै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ५९ जनालाई निः शुल्क मास्क वितरण गरिएको छ । यस अभियानमा हालसम्म जम्मा ४ लाख ५१ हजार ७ सय ७५ जनालाई नि ःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ५३ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको र सो क्रममा ३ हजार ४ सय ८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
निषेधाज्ञालाई प्रभावकारी रुपमा लागू गर्न प्रहरीले अनुगमनलाई समेत तिब्रता दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE