Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

झापाको गौरादहमा बस्तु चराउन गएकी बालिकाले बगानमा भेटिन् बम

११ पुष
झापा
– झापाको गौरादह नगरपालिकामा बम फेला परेको छ। आज दिउँसो ३ बजेतिर गौरादह नगरपालिका ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा बम फेला परेको हो।

गाईबस्तु चराउन गएकी १५ वर्षीय बालिकाले डल्लो जस्तो बस्तु देखेपछि नजिकै रहेको अर्की महिलालााई खवर गरेकी थिइन्। त्यसपछि उनीहरुले प्लाष्टिकमा बोको पारेको बस्तु निकालेर हेर्दा बम भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अस्थाई प्रहरी चौकी जुरोपानी र इलाका प्रहरी कार्यालय गौरीगंजबाट आएको प्रहरी टोलीले अनुसन्धानपछि बम भएको निष्कर्षमा पुगेर चारआलीमा रहेको नेपाली सेनाको टोली बोलाइ बम डिस्पोज गरिएको थियो।

बम जनयुद्धको समयमा राखिएको वा तत्काल नै राखिएको हो भन्ने अनुसन्धान भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE