काठमाडौं उपत्यकामा एकै दिन थपिए ६ सय ७६ संक्रमित
३० भाद्र
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ५ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा ३५ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८६ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १२ हजार ९ सय २६ पुगेको छ । यसमध्ये काठमाडौमा १० हजार ५ सय ८३ , ललितपुरमा १ हजार २ सय २५ जना र भक्तपुरमा २ सय १८ जना संक्रमित छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE