Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

मन्त्रिपरिषदमा ९ मन्त्रीको हेरफेर, कसलाई कुन मन्त्रालय ?

पुष १०
काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र पूर्वएमालेतर्फका व्यक्तिहरु रहेका छन्।

पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु साह शहरी विकास मन्त्री र प्रेम आले वनमन्त्री भएका छन्।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन्। त्यस्तै, जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने बिमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्।

पुनर्गठनपछि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE