Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नागरिकता सम्बन्धी अध्यादेश तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता सम्बन्धी अध्यादेश तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

२७ जेठ, काठमाडौं– सर्वोच्च अदालतले नागरिकता अध्यादेश २०७८ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले तत्कालै नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्व रहेको न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यो आदेश दिएको हो ।

संसद विघटनपछि जसपाको ठाकुर पक्षलाई सरकारमा ल्याउन अध्यादेशमार्फत नागरिकता विधेयक जारी गरिएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै नागरिकता अध्यादेश रोकिने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE