Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद विघटनले लोकतन्त्रमाथि खतराः देउवा

संसद विघटनले लोकतन्त्रमाथि खतराः देउवा

१० असार, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनले लोकतन्त्रमाथि खतरा देखिएको बताउनुभएको छ ।

विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको बताउँदै यसविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभएको हो ।

सम्पादकहरुसँगको अन्तरक्रियामा देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतन्त्र नै धरापमा पार्ने काम गरिएको बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान धरापमा परेको बताउनुभयो । उहाँले ओलीले अध्यादेशमार्फत शासन चलाउन खोज्ने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरु कब्जा जमाउन खोज्ने प्रवृत्ति देखाएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’

सभापति देउवाले प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आवश्यक परेमा जनपरिचालन गर्न समेत सकिने बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE