Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त

१७ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३को दफा ८ को उपदफा ३ अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८÷५÷२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८÷४÷२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा ९३० अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८÷४÷१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८÷४÷६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE