Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

३० असार, काठमाडौं– प्रहरीले लागूऔषधसहित सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धरान उपमहानगरपालिका–८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ५ बोतल डाइलेक्स डिसी र ४ सय ५ ट्याब्लेट स्पास्मो प्रोक्सिभन एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ सुन्दर हरैंचा नगरपालिका–५ घर भएका ५५ वर्षीय प्रेम प्रसाद भट्टराई रहेका छन् । प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारेपछि पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE