Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

यौन दुर्व्यवहार गरेको आरोप लागेका त्रिविका सहायक डिन शाह निलम्बित

काठमाडौँ –  यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई निल्मबित गरिएको छ । उनलाई हिजो विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका थिए भने हिजो नै निल्म्वन गरिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बबालाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल बैंक शाखा किर्तिपुर जाने बेला जबरजस्ती करणी गर्ने उद्धेश्यले सम्बेदनसिल अंगमा छुनुका साथै हातपात गरेको पीडित छात्राले जनाएकी छिन् ।

सहायक डिन साहले बाटो ट्रान्सक्रिप्ट निकाल्न आउदा हिँड्दै गरेकी छात्रालाई मोटरसाइकलले हान्न लागेपछि आफूले तानेर जोगाएको बताएका छन् भने छात्राले संवेदनशील अंगमा छोएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE