मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी
२४ चैत्र, काठमाडौँ-वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी उत्पादन गर्ने हबिब काला कोकिला हिनाज कम्पनीमा शिलबन्दी गरिदिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उक्त कम्पनीलाई शिल गरिदिएको हो ।
विभागमा आएको गोप्य सुचनाको आधारमा काठमाडौँको कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने उद्देश्य घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरि संञ्चालनमा रहेको हबिब काला कोकिला हिनाज नामको उद्योग शिलबन्दी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रवक्ता शिवराज सेडाँइले जनाकारी दिनुभयो ।
सेडाँइका अनुसार पाँच लाख रूपैया पुँजी भएको उक्त उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को ९१६० विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक (विदेशी) का ट्रेडमार्क र ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी नोक्सानी पुग्ने गरी अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा ठुलो परिमाणमा उत्पादन, भन्डारण, आयात एवम् विक्री वितरण गरिरहेको पाइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा उत्पादनस्थल, भण्डारण तथा विक्रीस्थलहरू समेत शिलबन्द गरी थप कम्पनीमाथि अनुसन्धानको प्रकृया सुरु गरिएको छ । उक्त कार्यमा प्रत्यक्ष रूपमा संलग्न एक जना व्यक्ति प्रहरी नियन्त्रणमा रहेको प्रवाक्ता सेडाँइले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE