Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्ले कविता वाचन कार्यक्रम गर्ने

श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्ले कविता वाचन कार्यक्रम गर्ने

५ असार, काठमाडौं– श्रीमुक्तिनाथ पीठ वेद विद्याश्रम, त्रिवेणीधाम नवलपुरका विद्यार्थीहरूद्वारा संगठित श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्ले गुरुपुर्णिमाको पुर्वसन्ध्यामा श्रावण ८ गते कविता वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा गुरु वा आचार्य शीर्षकमा सहभागीले कविता लेख्न अनिवार्य गरिएको छ भने अनुष्टुव भए १० र अन्य छन्दको प्रयोग गरिए ६ वटा पद्यमात्र समावेश हुनुपर्ने परिषद्ले बताएको छ ।

कार्यक्रममा अनन्त श्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य ज्यु को पावन सत्सानिध्यता रहने छ भने उत्तराधिकारी स्वामी श्री कृश्न प्रपन्नाचार्य श्री ऋषि प्रपन्नाचार्य, श्री अच्युत प्रपन्नाचार्य, श्री देवराज प्रपन्नाचार्य, श्री जगदीश प्रपन्नाचार्य ज्यु को समेत आशीर्वचन हुने जनाइएको छ ।

साथै स्वागत मन्तव्य परिषद्का सचीव श्री सागर रिजाल (सनातन) ज्युले गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा उत्कृष्ट ५ कवितामध्ये प्रथमलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई ४ हजार ५ सय ५५ रुपैयाँ, तृतीयलाई ३ हजार ५ सय ५५ चतुर्थलाई २ हजार ५ सय ५५ र पन्चम हुने कवितालाई १ हजार ५ सय ५५ सहित सम्मान पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा कविता प्रेमी जो सुकैले पनि भाग लिन पाउनेछन् ।

कार्यक्रम जुम मिटिङ्ग मार्फत संचालन हुने र कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE