संसदमा बोल्दै गगन थापाले भनेः ओली बालुवाटारबाट बार्दलीमा पुगे, देउवालाई मनपरी गर्ने छुट छैन
संसदमा बोल्दै गगन थापाले भनेः ओली बालुवाटारबाट बार्दलीमा पुगे, देउवालाई मनपरी गर्ने छुट छैन
१२ साउन, काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सचेत गराए।
प्रतिनिधि सभामा बोल्दै थापाले, ‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन् । यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन। सरकार यो संसदसँग डराउनुपर्छ। संसद सरकारसँग डराउने होइन। सरकारलाई संसदले खबरदारी गरिरहनुपर्छ।’
थापाले संसदमा बोल्दै अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको परीक्षणको घडी रहेको बताए । ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुखको पनि हुँदैछ, उनले भने, ‘सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ। सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस्।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE