Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सोमबार बाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

१२ साउन, एजेन्सी- भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो ।

तर, भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै गएपछि भने सोमबारबाट दिल्लीमा हल खुलेका छन् । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएको हो । यसले, प्रदर्शकहरुलाई केही हदसम्म भएपनि राहत दिएको छ । दिल्लीमा कोरोनाको केस कम भएपछि विस्तारै हरेक क्षेत्रहरु पुरानै लयमा फर्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE