संसदीय दलको नेता फेर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
१९ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय लैजाने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेता फेर्न सिफारिस गरेको हो ।
यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको थियो । आजै दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE