कोरोनाविरूद्धको खोप प्रयोगमा आएको ६ महिनासम्म पनि जनजीवन सामान्य नहुने
१६ असोज
काठमाडौँ – वैज्ञानिकहरूको एउटा समूहले कोरोनाविरद्धको खोप प्रयोगमा आएपछि पनि ६ महिनासम्म जनजीवन सामान्य नहुने चेतावनी दिएको छन् ।
कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहेको अवस्थामा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।
हाल २०० भन्दा बढी कोरोनाविरुद्धको खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाइरहेको बेला वैज्ञानिकहरुको समूहले भने जनजीवन सामान्यअवस्थामा आउन ६ महिना लाग्ने बताएको हो ।
तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
इम्पीरियल कलेज लन्डनको नेश्नल हार्ट एण्ड फेफ इन्स्टिच्यूटका डा। फियोना कुलीले यस विषयमा बोल्दै, खोपले महामारीको सम्भावित अन्त्य हुने ठूलो आशा प्रदान गर्ने भएपनि खोप विकासको इतिहास धेरै असफलताहरूले भरिएको बताएकी छिन् । एजेन्सीको सहयोगमा
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE