कुनैपनि हालतमा राजीनामा दिन्न, संवैधानिक विधि र प्रक्रियाको सामना गर्न तयार छु : प्रधानन्यायाधीश
११ कार्तिक, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् । प्राइम टाइम्स टेलिभिजनलाई बिहीबार अन्तर्वार्ता दिँदै जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको उल्लेख गरेका छन् ।
‘म संवैधानिक विधि र प्रक्रियाबाट नियुक्त भएको पदाधिकारी हुँ । विधिअनुसार जान्छु । संसदीय प्रणाली र विधि र प्रणालीबाट सामान गर्न तयार छु । निरर्थक असत्य कुरालाई साथ दिन्न । न्यायापालिकालाई कमजोर बनाएर जाने कुरा मलाई स्वीकार छैन’, प्रधानन्यायाधीश जबराले भने ।
उनले आफू कसैको निगाहाबाट नियुक्त नभएकाले सडकमा प्रश्न उठ्दैमा नहट्ने बताए । ‘कसैको विचार र कुराबाट राजीनामा दिने छैन’, उनले भने । उनले सरकारमा मन्त्रीका लागि आफूले भाग नलिएको बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE