Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

महामन्त्री मोक्तान साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन

९ आश्विन,काठमाडौं – राप्रपा नेपालका महामन्त्री बिकास मोक्तानलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको केन्द्रीय सचिवालयको बेठकले साधारण सदस्य समेत नरहने गरि उनलाइ पार्टीबाट निस्कासन गरिएको हो । उनले पटकपटक राजनीतिक पार्टी परिवर्तन गरिरहेको राप्रपा नेपालको आरोप छ । कहिले प्रजातन्त्रवादी , कहिले राजावादी , त कहिले माओवादीको झन्डा बोकि हिडेको भन्दै  मोक्तानलाई पार्टीबाट निस्कासन गरिएको हो ।

राप्रपा नेपालले एकैचोटी महामन्त्री पद दिएपछि प्रवेश गरेको एक महिना नबित्दै पार्टी भित्र गुट उपगुट सृजना गरि पार्टी फुटाउने षड्यन्त्र गरेपछि उनी कार्यबाहिमा परेका हुन् । पछिल्लो समय माओवादी (कम्युनिस्ट) विचारधाराबाट राप्रपा नेपाल प्रवेश गरेका मोक्तानलाई राजावादी खोल ओडेर राजवादी अभियान सखाप पार्न राप्रपा नेपालमा प्रवेश गरेको आरोप समेत लागेको छ।

साथै राप्रपा नेपालले उक्त राजाको खोल ओड्ने कट्टर कम्युनिस्ट विचार बोकेका मोक्तानलाई कुनै पनि राजावादी संघ संगठन र राजावादी पार्टीमा साधारण सदस्य समेत नदिन सबै राजावादी दलहरूलाई आग्रह गरेका छन् । जातमा होईन समानतामा विश्वास गर्ने अध्यक्ष लाक्पा तामाङलाई आफ्नो जातिलाई मात्रै काखि च्याप्ने आरोप लागेता पनि अध्यक्ष तामाङले पहिलो पटक आफ्नै समुदायका व्याक्तिलाई पार्टीबाट कार्यबाहि गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE