Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

लघु जीवन बीमाबाट ५ अर्ब बीमाशुल्क आर्जन

७ अश्विन, काठमाडौं – जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख जारी गरेर ५ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १० लाख ६९ हजार ५५८ वटा लघु बीमालेख जारी गरी ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा ९२ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ बराबरको बीमांक रकमको लघु जीवन बीमालेख जारी गरेका छन् । लघु जीवन बीमा दाबी वापत जीवन बीमा कम्पनीहरुमा ७ हजार ८२८ वटा दाबी परेका छन् । उक्त दाबी वापत बीमितहरूले ५१ करोड ९५ लाख रुपैयाँ दाबी रकम माग गरेका छन् ।

त्यस मध्ये ६ हजार ७७९ दाबीका लागि ४७ करोड ९१ लाख रपैयाँ भुक्तानी गरेको बीमा समितिको तथ्यांक छ । गत आर्थिक वर्षमा राष्ट्रिय बीमा संस्थान, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योती लाइफले भने लघु बीमालेख जारी गरेका छैनन् । सबै भन्दा धेरै लघु जीवन बीमालेख जारी गर्नेमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा मेट लाइफले ४ लाख ४ हजार ५१० वटा लघु बीमालेख जारी गरेका छन् ।

यस्तै सूर्या लाइफले ३ लाख ३८ हजार १२६ वटा, प्राइम लाइफले ९८ हजार ६१८, एलआईसी नेपालले ६४ हजार ९८० वटा, आइएमई लाइफले ४६ हजार ५१० वटा बीमालेख जारी गरेका छन् । सबै भन्दा कम लघु बीमालेख जारी गर्नेमा भने महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मीले यस अवधिमा ६ वटा मात्रै लघु बीमालेख जारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE