माओवादी सँग पार्टी एकता गर्दैनौं : डा.भुषाल
८ आश्विन, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा.वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पार्नुभएको छ ।
तर, एमाले नफुटाएको उहाँको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले र आफूहरुको पार्टीमा धेरै फरक रहेको सुनाउनुभयो ।
उहाँले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि सुनाउनुभयो । यो नै आफूहरुको मूल कार्यदिशा हुने पनि उहाँले जनाउनुभयो । उहाँले एमाले अझैपनि समाजवादतर्फ जान नचाहेको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुले बनाएको पदाधिकारी जम्बो नभएको पनि जिकिर गर्नुभयो ।
उहाँले आफूहरुले प्रदेशवाईज सात जना उपाध्यक्ष राखिएको पनि सुनाउनुभयो । र, सचिव पनि सातै जना राखिने उहाँले स्पष्ट पारे । संविधान र लोकतन्त्रको रक्षाको लागि आफूहरु पाँच दलीय गठबन्धन बनाएको र यो गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने पनि उहाँको दाबी छ ।
उनले संसद्लाई पूर्ण कार्यकाल कायम राख्ने सुनाउनुभयो । उहाँले आफूहरुले नेकपा (माओवादी केन्द्र) सँग पनि एकता नगर्ने स्पष्ट पार्नुभएको छ । एमालेसँग पनि एकता हुने कुरै नभएको उहाँको टिप्पणी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE