Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

आन्तरिक उडान खोल्न वायुसेवा सञ्‍चालक संघको माग

२५ जेठ, काठमाडौँ – वायुसेवा सञ्‍चालक संघले असार १ देखि आन्तरिक हवाई उडान खोल्न माग गरेको छ । संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अगरियालाई एक पत्र लेख्दै उडान खोल्न माग गरेको ह।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि उच्च सावधानीका साथ उडान गरेको एयरलाइन्सहरुसँग अनुभव पनि भएकाले असार १ देखि उडान खोल्नुपर्ने संघको माग छ । उडान बन्दको अवधि लम्बिंदै गएमा एयरलाइन्स क्षेत्रमा रहेको रोजगारी संकटमा पर्ने तथा कम्पनीहरुको आर्थिक अवस्था झन नाजुक बन्ने संघले जानकारी गराएको छ।

वृहत खोपको अभियान चलाएर कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नमा सरकार केन्द्रित भएर आवतजावत तथा आर्थिक गतिविधिलाई खुकुलो पार्दै जानु उत्तम हुने संघले सुझाव दिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE