Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अब उपत्यकामा दैनिक ६ वटा वाणिज्य र ३ विकास बैंक मात्रै खुल्ने

१० जेठ, काठमाडौँ – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा खुल्ने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या तोकेको छ।

राष्ट्र बैंकका अनुसार अब काठमाडौं जिल्लामा ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र १ फाइनान्स कम्पनी मात्रै संचालन हुनेछ।

त्यस्तै ललितपुर जिल्लामा २ वाणिज्य बैंक, १ विकास बैंक र १ फाइनान्स मात्रै संचालन हुनेछ। भक्तपुरमा १–१ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी संचालनमा आउने छ।

निषेधाज्ञा अवधिभर यो व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ। संस्थाका केन्द्रीय कार्यालयहरु भने २५ प्रतिशत न्यून कर्मचारी राखेर संचालन हुन सक्नेछन्।

त्यसबाहेक अत्यावश्यक बैंकिङ सेवाको लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको नम्वर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुला रहने समयावधि सम्वन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE