Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

१२ कार्तिक, काठमाडौँ – नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकले प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभर निर्वाचन गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा लागि प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोटिङ र समीक्षाको कार्यसूची राखिएको थियो । स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । बैठकमा महाधिवेशनमा प्रयोग गरिने विद्युतीय मतदातको नमूना अभ्यास गरिएको थियो ।

दुई केन्द्रीय सदस्यको सपथ
आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराउनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE