Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला

सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला

१४ असार, काठमाडौं– सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

यसअघिका निर्देशक डा. सागर राज भण्डारीले भोलिदेखि अवकाश पाउँदैछन् । राजभण्डारीले अवकाश पाउने भएपछि मन्त्रीस्तरिय निर्णयबाट डा. बास्तोला निर्देशकका रुपमा नियुक्त भएका हुन्।

यसअघि डा. बास्तोला सोही अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए ।

डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् ।

डा. बास्तोला कोरोना महामारीमा अग्रपंक्तिमा रही काम गर्दै आएका छन् । उनले स्वाइन–फ्लु, डेंगु र एड्स रोगविरूद्व पनि काम गर्दै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE