वीरगन्जमा लागुऔषधसहित दुईजना पक्राउ
११ जेठ, काठमाडौँ – वीरगन्ज महानगरपालिका १७ अलौंमा खाल्डो खनेर लुकाइएको लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अलौंस्थित पर्ति जग्गामा खाल्डो खनेर माथिबाट स्याउलाले छोपेर लुकाइएको लागुऔषध वीनसिरेक्स ८८ बोत्तलसहित स्थानीय ४० वर्षीय सकुन नेशा पवरिया र ३५ वर्षीय अमरुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले सूचनाको आधारमा खानतलाशी गर्दा ती लागुऔषध बरामद गरेको थियो । त्यसपछि अनुसन्धान क्रममा ती लागुऔषध भारतको रक्सौलबाट ल्याएर खाल्डो खनेर लुकाउने सकुन र अमरुल्लाहलाई उनीहरुको घरबाटै नियन्त्रणमा लिइएको पर्साको एक प्रहरीले जानकारी दिए ।
पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट म्याद गराइ थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE