सरकारबिरुद्ध जाजरकोट खलङ्गामा पनि पनि काँग्रेसको नारावाजी
सवाल सम्वाददाता
जाजरकोट-नेपाली काँग्रेसले सोमबार देशै भर सरकारका विरुद्ध प्रदर्शन गरेको छ । केन्द्रिय निति अनुसार काँग्रेसले जाजरकोटको खलंगामा पनि विरोधका कार्यक्रमहरु गरेको छ । हजारौं कार्यकर्ता सहभागी कार्यक्रममा नेताहरुले सरकारको विरोध गर्दै कम्युनिष्ट सरकारको अधिनायकवाद अन्त हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाहले सरकार असफलताको बाटो तर्फ उन्मुख भएको र देशमा भइरहेका असामाजिक कार्यको विरुद्ध मौन रहेकोमा नेपाली कांग्रेसले त्यसको घोर निन्दा गर्ने बताउनुभायो ।
कांग्रेस निकट विभिन्न भातृ संगठनबाट उल्लेखनीय सहभागिता रहेको विरोध सभामा नेपाल विद्यार्थी संघकी जिल्ला कोषाध्यक्ष दुर्गा भण्डारी ले जुलुसको नेतृत्व गर्नु भएको थियो । भण्डारीले सरकारका गतिविधिहरु नसच्चिए आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE