दाङमा एक साता लम्बियो निषेधाज्ञा, भोलीदेखि सार्वजनिक सवारी खुल्ने
दाङमा एक साता लम्बियो निषेधाज्ञा, भोलीदेखि सार्वजनिक सवारी खुल्ने
१५ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा असार २२ गतेसम्मका लागि लम्ब्याएको छ । जारी निषेधाज्ञामा एक साता थप गरी दाङमा निषेधाज्ञा लम्ब्याइएको हो ।
यद्यपि यसपालिको लकडाउनमा केही व्यवस्थामा परिमार्जन गर्र्दै खुकुलो बनाइएको छ ।
दाङमा जारी निषेधाज्ञामा अब छोटो दूरीका सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पूरा गरेर जिल्ला भित्र सञ्चालन गर्न पाइने भएको छ ।
यसैगरी प्रशासनले सरकारी कार्यालय, बैंक र वित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय भएको छ ।
त्यस्तै खाद्यान्न तथा अन्य पसलहरु बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ।
अन्य सेवाको हकमा भने पुरानै व्यवस्था लागू हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE