सिलबन्द गरिएकाे ससको बोतलमा सुर्तीको खोल
धौलागिरी – सिलबन्दी भएको बोतलभित्र बाहिरको समान रहेछ, त्याचे पनि सुर्तीको खोल भन्दा पत्यार नलाग्न सक्छ । तर म्याग्दीको एक पसलमा चाउमिनमा राख्न प्रयोग हुने ससको सिल नै नतोडिएको बोतलमा सुर्तीको खोल भेटिएको छ । रघुगंगा गाउँपालिको केन्द्र रहेको मौवाफाँटको खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो ।
आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोतल दिएका थिए। अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद भएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए। बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ। तिरुपति फुड्स एण्ड वेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समय समेत राखिएको छैन ।
म्याग्दीका ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तु बिक्री हुने गरेको गुनासो बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सदरमुकाममा केन्द्रित रहदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा पनि गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। उनका अनुसार प्रत्येक महिना स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ। यो समाचार थाहा खबरबाट साभार गरिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE