Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पहिरो पन्छाएर नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

१८ असार, काठमाडौं– लगातारको वर्षा सँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

उक्त सडकखण्डमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।

‘अहिले खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्छ’ मुग्लिङ प्रहरीले बतायो।

लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको मुग्लिङ प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE