कोरोनाबाट नगरपालिका उपप्रमुखको मृत्यु
४ जेठ, सप्तरी – कोरोना संक्रमणबाट सप्तरी जिल्लाकी एक नगरपालिकाका उपप्रमुखको मृत्यु भएको छ।
सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो। विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ।
गर्भवती समेत रहेकी चौधरीलाई १५ दिन पहिला ज्वरो, रुघाखोकी श्वास–प्रश्वासमा समेत समस्या देखिएको थियो। स्थानीय स्वास्थ्यचौकीमा भर्ना भई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।
उनलाई १० दिनअघि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरी आइसियूमा राखिएको थियो। तीन दिनअघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE