Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

डा. केसीलाई इंगित गर्दै प्रधानमन्त्रीले भने, मेडिकल कलेज बन्छ भनेर कोही अनसन

१८ फागुन
काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने गरेको भन्दै आलोचना गर्नुभएको छ । डा. गोविन्द केसीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देशमा मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस कसैको इशारामा अनशन बसेको आरोप लगाउनुभएको हो ।

मंगलवार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डा. केसीको आलोचना गर्नुभएको हो । उहाँले भन्नुभयो, “आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं । नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ ।”

मापदण्ड नपुगेको भन्दै लामो समयदेखि सम्बन्धन दिने प्रस्तावको विरोध हुँदै आएको दुर्गा प्रसाई‌को बीएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताललाई प्रधानमन्त्री स्वयंले सम्बन्धन दिने दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE