Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पत्रकार : संसद अवरोध कहिलेसम्म ? देउवा : ओलीलाई सोध्नू

२७ भदौ, काठमाडौँ – आइतबार पनि प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटा बैठक आगामी भदौ २९ गतेसम्मका लागि स्थगित गरेर हलबाट बाहिरिनुभयो ।

त्यसपछि पालैपालो हलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई सञ्चारकर्मीको कहिलेसम्म संसद अवरोध रु यसरी कसरी चल्छ रु भनेर प्रश्न गर्दा उहाँ  रिसाउनुभयो ।

प्रधानमन्त्री देउवाले पत्रकारसँग धेरै कुराकानी गर्न चाहनुभएन । छोटो र तिखो जवाफ दिएर उहाँ निस्कनुभयो ।

रिसाउँदै उहाँले भन्नुभयो, ‘ओलीलाई सोध्नू ।’ त्यसपछि प्रधानमन्त्री देउवा हलबाट बाहिरिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE