Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काठमाडौं उपत्यकामा थप १५ सय ५२ जनामा संक्रमण

६ कात्तिक
काठमाडौं –
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार २ जना ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ५७ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १२ जना संक्रमित फेला परेका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६४ हजार २ सय ३३ पुगेको छ । काठमाडौंमा ४९ हजार १ सय ८१ जना, ललितपुरमा ७ हजार ४ सय २४ , भक्तपुरमा ४ हजार ९ सय ४८ जना संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE