Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जातीय कारणले घरभाडामा नदिएको घरबेटीलाई सुनियोजित रुपले फसाएको नेवाः दबूको आरोप

जातीय कारणले घरभाडामा नदिएको घरबेटीलाई सुनियोजित रुपले फसाएको नेवाः दबूको आरोप

९ असार, काठमाडौं– जातीय कारणले घरभाडा नदिएको भन्ने सरस्वती प्रधानमाथि लगाइएको आरोप सुनियोजित भएको नेवा समुदायको छाता संगठन नेवाः देयले आरोप लगाएको छ।

नेवाः देय दबू जिल्ला समिति काठमाडौंले आज प्रेस विज्ञप्ति जारी गर्दै घरधनीले जातीय विभेद गर्ने मनशायले त्यसो नगरेको जनाएको छ । विज्ञप्तीमा प्रत्येक घरधनीलाई आफ्नो घर बहालमा दिँदा बहालवालाको घर ठेगाना, पेशा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको बताइएको छ ।

संगठनका अध्यक्ष मचाराज महर्जनद्वारा जारी विज्ञत्तिमा, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो, भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’ भनिएको छ ।

विज्ञप्तीमार्फत दबूले सामाजिक सद्भावमा आँच आउने गरी सुनियोजित क्रियाकलाप भएको भन्दै प्रधानको पक्राउ गैरकानूनी रहेको र आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE