Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

तनहुँमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ७ जना घाइते

२५ साउन, तनहुँ – तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका(५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।

बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE