Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न अमेरिकाले दियो पूर्ण स्वीकृति

७ कार्तिक
एजेन्सी – अमेरिकाले पहिलोपटक कोरोना संक्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि ‘रेम्डेसिभिर’लाइ पूर्ण रूपमा स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए० ले रेम्डेसिभिरको क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाइ औषतमा ५ दिनले कम गराएको पाइएको भन्दै स्वीकृति दिएको हो ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भने कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रभावकारिता कम रहेको बताएको थियो । तर अमेरिकामा चुनावी मुद्दा नै बनिरहेको कोरोनाविरूद्धको ‘भ्याक्सिन वा प्रभावकारी उपचार’का लागि रेम्डेसिभिर काम लाग्ने देखिएको भन्दै अमेरिकाले पूर्ण स्वीकृति दिएको हो ।

बिबिसीका अनुसार नसाहरूमार्फत् दिइने यो औषधी यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित हुँदा दिइएको थियो । एफडीएले उक्त औषधि १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई मात्र दिन सकिने जनाएको छ ।

यसअघि गत मे महिनामा अमेरिकामा आपत्कालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभिर औषधीलाई अनुमति दिइएको थियो भने बिहीबार यसलाइ पूर्ण स्वीकृति दिइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE