संसद विघटनः देउवा पक्षका वकिलको बहस सकियो, भोलीबाट सरकार पक्षकाको सुरु हुने
संसद विघटनः देउवा पक्षका वकिलको बहस सकियो, भोलीबाट सरकार पक्षकाको सुरु हुने

१२ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरुको बहस सकिएको छ।
संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भएको उक्त रिटमा बहसका लागि देउवा पक्षका वकिललाई इजलासले १५ घन्टाको समय दिएको थियो । उक्त समयमा देउवा पक्षका कानुन व्यवसायीहरुले १२ घण्टा बहस गरेका छन् भने बाँकी ३ घण्टा जवाफी बहसका लागि छुट्याइएको छ ।
देउवा पक्षका लागि छुट्याइएको समयमा ३६ जना कानुन व्यवसायीहरुले बहस गरेका छन् ।
रिटमा देउवाका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नियुक्ति नदिएको तर्क गरेका थियो।
देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE