Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राखिने

इच्छुकले एक तोलादेखि एक किलोसम्म सुन सहयोग गर्न पाउने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राख्ने भएको छ । कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा यसका लागि आर्थिक संकलन गर्न कोषकासमिति बनाइएको छ ।
यस अघि रहेको चाँदीको जलहरीको सट्टामा सुनको राख्न लागिएको हो । अहिलेको बजार मूल्यअनुसार उक्त जलहरीको मूल्य ९२ करोडको हुने अनुमान गरिएको छ ।
कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सुन सर्वसाधारणले दान गर्न सक्ने कार्यविधि बनाइएको छ । जुन दिन सहयोग गर्ने हो त्यही दिन सुनको बजार भाउअनुसारको रकम बैंकमा दाखिला गर्नुपर्ने कार्यविधि रहेको छ । कान्तिपूर दैनिकमा समाचार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE