Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

३० असार, काठमाडौं– बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

अदालतले हाजिर हुन दिएको लामो समयसम्म पनि फरार रहेका गच्छदार कांग्रेस सरकार आएको भोलिपल्ट नै अदालतमा हाजिर भएका थिए । अदालतले आज उनको बयान लिएको थियो ।

बयानपश्चात थुनछेक आदेश दिँदै अदालतले गच्छदारलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

गच्छदारलाई विशेष अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियारले उनलाई ९ करोड ६५ लाख बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE