Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तत्काल कोभिशिल्डको दोस्रो डोज देऊः सर्वोच्च

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तत्काल कोभिशिल्डको दोस्रो डोज देऊः सर्वोच्च

८ असार, काठमाडौं– कोभिशिल्ड खोपको पहिलो डोज खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कोभिशिल्डको पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप व्यवस्था गरी तत्काल उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो ।

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा सुनवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।

भारतको सेरम इन्ष्टिच्युटद्वारा उत्पादित कोभिशिल्ड खोपको दोस्रो डोज नेपालले ल्यान नसक्दा पहिलो डोज खोप लगाइसकेका ज्येष्ठ नागरिक दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE