बाँसको डण्डा प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ
बाँसको डण्डा प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ
३१ असार, काठमाडौं– बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका(१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहार पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गिरधारीलाई पक्राउ गरेको हो ।
डण्डा प्रहारबाट घाइते भएका घाइतेलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE