Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

हरुवाका अनेक बहाना !

अचम्म लाग्दो कुरा त के भने प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमाले चुनाव हार्ने भएपछि रोइकराई गर्दै सत्ता गठबन्धनसँग सिट माग्दैछ ।

नरेन्द्र महतारा । अहिले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा शीर्ष राजनीतिक दलका नेताहरु बारम्बार भेटवार्ता गरिरहेका छन् । अचम्म लाग्दो कुरा त के भने प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमाले चुनाव हार्ने भएपछि रोइकराई गर्दै सत्ता गठबन्धनसँग सिट माग्दैछ ।

उसले माघ ११ गते हुने निर्वाचनमा गठबन्धनसँग ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको बालुवाटार स्रोतले बताएको छ ।

एमालेलाई पनि केही सिट दिन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक देखिएका छन् । अहिले एमालेले शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेल्ने भन्दै बार्गेनिंग बढाइरहेको छ । त्यसमा प्रधानमन्त्रीको लाचकता बढी नै देखिएको छ । उनको यो लचकतालाई लिएर गठबन्धनभित्र तीब्र असन्तुष्टि बढेको विश्लेषण हुँदैछ ।

गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।

यद्यपि चार दलबिचको एकतामा असर नगर्ने गरी राष्ट्रियसभामा एमालेलाई पनि सँगै लैजान सकिनेमा नेताहरूले जोड दिएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE