Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

देशभर थपिए ३ हजार ८९९ कोरोना संक्रमित, २० जनाको मृत्यु

देशभर थपिए ३ हजार ८९९ कोरोना संक्रमित, २० जनाको मृत्यु

१२ साउन, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज १२ हजार ६५५ जनाको पीसीआर र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आज १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

नेपालमा थप २० संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE