जोखिम न्यूनीकरणका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली
२७ असोज
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको दावी गर्नुभएको छ ।विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले ब्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको बताउनुभएको हो ।
उहाँले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने बताउनुभयो । प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिनुभएको थियो ।
दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ थियो । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE